नियम २०
अनुमतिपत्र दिने
नियम १७ बमोजिमको दरखास्त उपर नियम १८ र १९ बमोजिमको कार्यविधि
पूरा गरी गराई जिल्ला जलस्रोत समितिले दरखास्तवालाको माग बमोजिम वा आवश्यक भए
संशोधन समेत गरी अनुसूची–६ बमोजिमको ढाँचामा दरखास्तवालालाई जलस्रोतको उपयोग
सम्बन्धी अनुमतिपत्र दिनु पर्नेछ ।